ईटानगरमा नयाँ फिल्म संस्थानको स्थापना गरिनेछ: एम. वेंकैया नायडु

सूचना एवं प्रसारण मन्त्री एम. वेंकैया नायडुले ईटानगरमा एक नयाँ फिल्म संस्थानको स्थापना गरिने घोषणा गर्नुभएको छ। हिजो गुवाहाटीमा संवाददाताहरूसित कुराकानी गर्नुहुँदै श्री नायडुले भन्नुभयो, 10 साताको संक्षिप्त पाठ्यक्रमका साथ आगामी मई महिनाको 15 तारिखदेखि एक अस्थायी क्याम्पसबाट यस संस्थानको सञ्चालन सुरू गरिनेछ।

200 करोड रुपियाँ यस संस्थानको निर्माणमा खर्च गरिने प्रस्ताव रहेको छ र यसबाट उत्तर-पूर्वी क्षेत्रका विद्यार्थीहरू लाभान्वित हुनेछन् भनि श्री नायडुले बताउनुभयो। कोलकाता स्थित सत्यजित रे फिल्म एवं टेलिभिजन संस्थानको देखरेखमा यो नयाँ संस्थानको स्थापना गरिने र यसबाट उत्तर-पूर्वी क्षेत्रका इच्छुक विद्यार्थीहरूलाई लाभ पुग्नेछ भनि श्री नायडुले आशा व्यक्त गर्नुभयो।
मन्त्री महोदयले यो पनि भन्नुभयो कि स्थायी आईआईएमसी ऐजवल क्याम्पस आगामी वर्षको मार्च महिनाभित्र तयार हुनेछ।