पश्चिम बङ्गाल सरकारद्वारा सामाजिक सुरक्षा योजना सुरू

पश्चिम बङ्गाल सरकारले असंगठित क्षेत्रका कर्मचारीहरू तथा स्व-नियुक्त्त मानिसहरूको लागि वर्तमानका पाँच छुट्टा-छुट्टै लाभकारी योजनाहरूलाई सम्मिलित गरेर एक नयाँ सामाजिक सुरक्षा योजना सुरू गरेको छ। यो नयाँ सामजिक सुरक्षा योजनबाट लगभग 5 करोड मानिसहरू लाभान्वित हुनेछन् अनि यसमध्ये लगभग 1 करोड मानिसहरूलाई प्रत्यक्ष रूपले लाभ प्राप्त हुनेछ। यसअघिका पाँच योजनाहरूको तुलनामा मानिसहरूले यस नयाँ योजनाबाट अझ धेरै लाभहरू हासिल गर्न सक्नेछन्।

यो निर्णय सोमबार मुख्य मन्त्री ममता ब्यानर्जीको अध्यक्षतामा सम्पन्न क्याबिनेट बैठकमा लिइएको भनी राज्यका वित्त मन्त्री डक्टर अमित मित्राले बताउनुभयो।