दिल्ली उच्च अदालतद्वारा कुलभूषण जाधवको रिहाइ निम्ति सरकारले अन्तर्राष्ट्रिय न्यायालको मद्दत लियोस् भनि गरिएको अनुरोध खारिज  

पाकिस्तानको झ्यालखानामा बन्दी अवस्थामा रहेका र मृत्युदण्डको दण्डको सजाय सुनाइएका कुलभूषण जाधवको रिहाइको लागि सरकारले अन्तर्राष्ट्रिय न्यायालयको मद्दत लियोस् भनि गरिइएको एक अनुरोधलाई दिल्ली उच्च अदालतले खारिज गरिदिएको छ।

अतिरिक्त्त सलिसिटर जनरल सञ्जय जैनको यस अडानको प्रशंसा गर्दै अदालतले भन्यो, जाधवलाई फिर्ता ल्याउनको लागि सरकारले सबै उपायहरू गरिरेहको छ अनि सरकारका ती उपायहरूमा अदालत हस्तक्षेप गर्न चाहदैन।

श्री जैनले जाधवलाई दूतावासको मद्दत उपलब्ध गराउन सरकारले हेग स्थित अन्तर्राष्ट्रिय न्यायालयको मद्दत लियोस् भनि गरिएको अनुरोधको सम्बन्धमा अदालतले सुनुवाई गरेको थियो।