दिल्ली पुलिसद्वारा ए.आई.ए.डी.एम.के.-को चुनाव चिन्ह मामिलामा दिनाकरणलाई हाजिर हुने आदेश

दिल्ली पुलिसले ए.आई.ए.डी.एम.के.-का उप-महासचिव टी.टी.भी. दिनाकरणलाई पार्टीको ‘दुइ पात’-को चुनाव चिन्ह पुन:प्राप्त गर्नको लागि चुनाव आयोगका अधिकारीहरूलाई घूस दिएको कथित आरोपमा सोधपूछको लागि हाजिर हुने आदेश जारी गरेको छ।

सह-आयुक्त्त सञ्जय सेहरावतको नेतृत्वमा प्रहरीका दुइ अधिकारीहरूले लगभग मध्यराति चेन्नई स्थित दिनाकरणको आवास पुगेर सो आदेशपत्र सुम्पिए। आदेशपत्रमा यस मामिलासम्बन्धी सोधपूछको आवश्यकता परेको खण्डमा अदालतमा हाजिर हुन उनलाई निर्देश दिइएको छ।

दिनाकरण आर.के. नगरबाट उप-चुनावका उम्मेदवार थिए। सीमाभन्दा अधिक राशी वितरण गरेको आरोपमा चुनाव आयोगले उनको उम्मेदवारी फिर्ता लिएको थियो।