जंगी विमानहरूको खरीदारीलाई तीव्रता प्रदान गर्ने सम्बन्धमा भारतीय वायु सेनालाई वित्त मन्त्रीको आश्वासन

वित्त मन्त्री अरूण जेटलीले भारतीय वायु सेनालाई उसको आधुनिकीकरण कार्यक्रमको एक हिस्साको तवरमा जंगी विमानहरू तथा अन्य महत्त्वपूर्ण प्रणालीहरूको खरीदारीलाई तीव्रता प्रदान गर्ने आश्वासन दिनुभएको छ।

हिजो नयाँ दिल्लीमा भारतीय वायु सेनाका कमाण्डरहरूको सम्मेलनमा उद्घाटन भाषण दिनु हुँदै श्री जेटलीले ती विषयहरूबारे पनि चर्चा गर्नुभयो जसलाई उहाँले क्षेत्रमा अनिश्चितताहरूका साथै द्रूतगतिका साथ परिवर्तनशील भू-राजनीतिक स्थितिबाट भारतको लागि उत्पन्न सुरक्षा चुनौतीहरू बताउनु भयो।

मुलुकमा तथा मुलुक बाहिर मानवीय सहायता तथा आपदाको बेला राहत प्रदान गर्ने दिशामा सफलताका साथ विभिन्न सैनिक अभ्यास तथा अभियानहरू चलाएको लागि पनि उहाँले वायु सेनाको सरहना गर्नु भयो।