अस्ट्रेलियाद्वारा नागरिकताप्राप्ति प्रक्रियामा ठूलो परिवर्तन

अध्यागमन नीतिमा व्यापक परिवर्तनपछि अस्ट्रेलियाले नागरिकताप्रप्ति प्रक्रियामा पनि ठूलो परिवर्तन गरेको छ। यस प्रक्रियाको घोषणा गर्दै प्रधान मन्त्री म्यालकम टर्नबुलले भन्नुभयो, नागरिकता हासिल गर्न चहाने मानिसहरूले उनीहरूका अङ्ग्रेजी भाषाको कौशल तथा अस्ट्रेलियाली मूल्यहरूबारे बताउनसक्नु पर्ने क्षमता जस्ता केही कठीन परीक्षाहरूको सामना गर्नुपर्नेछ।

उहाँले भन्नुभयो, अध्यागमनकारीहरूले धार्मिक स्वतन्त्रता, लैङ्गिक समानता, महिला तथा बाल-बालिकाहरूको सम्मानप्रति आफ्नो समर्थन देखाउनु पर्नेछ। नागरिकता प्राप्त गर्न आवेदकहरूले स्थायी बासिन्दाको रूपमा चार वर्ष पूरा गरेको पनि हुनुपर्दछ जो वर्तमानको नियमभन्दा तीन वर्ष अधिक हो। श्री टर्नबुलले भन्नुभयो, यी परिवर्तनहरूले ती अध्यागमनकारीहरूको अस्ट्रेलियाली समाजमा असल समायोजन सुनिश्चित गर्नेछन्।

अस्ट्रेलियाले कौशलसम्पन्न विदेशी कारिन्दाहरूको लागि एक कडा भीसा कार्यक्रमको घोषणा गरेपछि यो नयाँ नागरिकता प्रक्रियाको घोषणा गरेको हो।