प्रधान मन्त्री नवाज शरीफ संलग्न पनामा मामिलामाथि आज पाकिस्तान सर्वोच्च अदालतको फैसला

पाकिस्तानको सर्वोच्च अदालतले प्रधान मन्त्री नवाज शरीफ र उनका छोरा-छोरी संलग्न रहेको पनामा मामिलामाथि आज फैसला दिनेछ। यस मामिलामाथि फेब्रुवरीमा सर्वोच्च अदालतले आफ्नो फैसलालाई स्थगित राखेको थियो।

यो फैसलापछि हुनसक्ने घटनाहरूलाई ध्यानमा राख्दै रणनीति तयार पार्न हिजो पाकिस्तान मुस्लिम लीग(नवाज)-दलका नेताहरूले बैठक डाकेका थिए।