पारपाचुके लिएकी पत्नीलाई पतिले वेतनको 25 प्रतिशत माना-पाथिको रूपमा तिर्नु पर्ने सर्वोच्च अदालतको फैसला

भारतको सर्वोच्च अदालतले एकजना पतिले आफ्नी अलग्गीएकी पत्नीलाई तिर्नु पर्ने माना-पाथि अर्थात् भरण-पोषण भत्ताको सीमा तय गरिदिएको छ। पतिको खुद वेतनको 25 प्रतिशत न्यायोचित र उचित माना-पाथि हुनसक्ने सर्वोच्च न्यायालयले बताएको छ।

मीडिया रिपोर्टहरूका अनुसार न्यायामूर्ति आर.भानूमति र एम.एम.सन्तानगौदारको एउटा पीठले पश्चिम बंगालका एकजना वासिन्दालाई उनकी पूर्व पत्नी र छोरालाई भरण-पोषण भत्ताको रूपमा आफ्नो खुद वेतनको 25 प्रतिशत छुट्ट्याउन भनेको छ।

सर्वोच्च न्यायालयले के पनि बताएको छ भने, भरण-पोषणको रकम वा स्थायी माना-पाथि आफ्ना पतिबाट छुट्टिएकी महिलाले आत्मसम्मानका साथ जीवन निर्वाह गर्नको लागि प्रयाप्त हुनुपर्छ।