अरूणाचल प्रदेसका छः स्थानहरूको नाउँ बदलिने चीनको प्रयासमाथि भारतद्वारा असन्तोष व्यक्त

अरूणाचल प्रदेशका छः स्थानहरूको नाउँ बदलाउने चीनको प्रयासमाथि भारतले असन्तुष्टि व्यक्त गरेको छ। भारतले भनेको छ, कुनै पनि छिमेकी मुलुकका स्थानहरूको नाउँ बदलाउँदैमा उसको गैर-कानूनी दावी वैध साबित हुँदैन।

विदेश मन्त्रालयका प्रवक्ता गोपाल बाग्लेले नयाँ दिल्लीमा हिजो पत्रकारहरूसित कुराकानी गर्दै भन्नुभयो, अरूणाचल प्रदेश भारतको अभिन्न अंग हो र यो भारतको हिस्सा रहिने रहनेछ।

चीनले बुधबार अरूणाचल प्रदेशका छः स्थानहरूको नाउँ बदलाउने घोषणा गरेको थियो। दलाई लामाको अरूणाचल प्रदेश यात्रामाथि चीनले भारत समक्ष कडा विरोध दर्ता गराएको केही दिन पछि नै उसले यो पाइला चालेको हो।