नेपालमा पाँच प्रमुख मधेशी पार्टीहरूद्वारा आफ्ना लक्ष्यहरू प्राप्तीको लागि राष्ट्रिय जनता पार्टी गठन गर्ने घोषणा

नेपालमा पाँच ठूला मधेशी पार्टीहरूले एकता तथा आफ्ना उद्देशयहरूको प्राप्तिको निम्ति राष्ट्रिय जनता पार्टी नामक एउटा नयाँ पार्टी गठनको घोषणा गरेका छन्। तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश सद्भावना पार्टी तथा मधेशी जनाधिकार फोरम गणतान्त्रिकले हिजो काठमाण्डौँमा नयाँ पार्टीको गठनबारे घोषणा गरे। पार्टी नेताहरूले नयाँ पार्टीको झण्डा र चुनाउ चिह्नपनि जारी गरे। यस पार्टीले सामुहिक नेतृत्वको सिद्धान्त अनुसार काम गर्ने बताइएको छ।

यी नेताहरूले संयुक्त लोकतान्त्रिक मधेशी फोरमका दुइ अन्य घटकहरू- संघीय समाजवादी फोरम तथा नेपाल सद्भावना पार्टीसित पनि नयाँ दलमा सामेल हुन अनुरोध गरेका छन्।