बिहारका मुख्य मन्त्री नितिश कुमारले सोनिया गान्धीसित भेटघाट गरि आगामी राष्ट्रपति निर्वाचनमा विपक्षको तर्फबाट एक साझा उम्मेदवारको लागि आह्वान गर्नुभयो

बिहारका मुख्य मन्त्री तथा जनता दल संयुक्त (जेडीयु) प्रमुख नितिश कुमारेल हिजो नयाँ दिल्लीमा कंग्रेस अध्यक्ष सोनिया गान्धीसित भेटघाट गरी राष्ट्रपति पदको लागि हुने आगामी निर्वाचनमा संयुक्त विपक्षको तर्फबाट एक साझा उम्मेदवारको लागि आह्वान गर्नुभयो।

जेडीयु-का प्रवक्ता के.सी. त्यागीले भन्नुभयो, सर्वोच्च संवैधानिक पदको लागि विपक्षको एउटा साझा उम्मेदवार हुनु पर्छ र सोनिया गान्धी सबैभन्दा ठूलो विपक्षी पार्टीकी नेतृ रहनु भएको हुँदा यस दिशामा उहाँले अगुवाइ गर्नु पर्छ। श्री नितिश कुमारले यो विषय वामपन्थी दलहरूका नेताहरूसित उठाइ सक्नु भएको श्री त्यागीले थप्नु भयो।

उहाँले भन्नुभयो, राष्ट्रिय स्तरमा पनि बिहारमा 2015-को निर्वाचनको बेला भएको एउटा महागठबन्धन जस्तै धर्म निरपेक्ष पार्टीहरूको गठबन्धनको लागि श्री नितिश कुमारले आह्वान गरिराख्नु भएको छ।