वित्त मन्त्री जेटलीले अमेरिकी वाणिज्य मन्त्री विल्बर रॉस समक्ष एच-1 बी भिसाको विषय उठाउनु भयो

वित्त मन्त्री अरूण जेटलीले अमेरिकाका वाणिज्य मन्त्री विल्बर रॉस समक्ष एच-1 बी भिसाको विषय सुदृढताका साथ उठाउनु भएको छ। वाशिङ्गटनमा उहाँहरू बीच भएको बैठकमा श्री जेटलीले श्री रॉसलाई संयुक्त राज्य अमेरिका र भारतको आर्थिक विकासमा उच्च कौशल सम्पन्न भारतीयहरूको योगदानबारे बताउनु भयो र भन्नुभयो, तिनीहरूलाई त्यसो गर्न दिइ राख्नु पर्छ जुन दुवै मुलुकहरूको सर्वोत्तम हितमा हुनेछ।

अमेरिकी विदेश मन्त्रीले भन्नुभयो, अमेरिका सरकारले एच-1 बी भिसा सम्बन्धी मामिलाको समीक्षाको प्रक्रिया सुरू गरेको छ र अहिलेसम्म कुनै निर्णय गरिएको छैन। तर, उहाँले के पनि बताउनु भयोभने समीक्षा प्रक्रियाको नतिजा जे नै भएता पनि प्रशासनको उद्देश्य एउटा यस्तो काबिलियत आधारित अध्यागमन नीति बनाउनु हो जसले अतिनै उच्च कौशल सम्पन्न पेशावालहरूलाई प्राथमिकता प्रदान गर्नेछ।

श्री जेटली अहिले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्को बसन्तकालीन बैठकमा भारतीय शिष्ट मण्डलको नेतृत्व गर्दै वाशिङ्गटन पुग्नुभएको छ।