आईपीएल 2017: मुम्बई इण्डियन्सबाट किङ्ग्स XI पञ्जाब 8 विकेटले पराजित

इन्दौरको होल्कार क्रिकेट स्टेडियममा हिजो राति खेलिएको आईपीएल क्रिकेट म्याचमा मुम्बई इण्डियन्सले किङ्ग्स XI पञ्जाबलाई 8 विकेटले पराजित गऱ्यो। 198 रनको लक्ष्य विरूद्ध मुम्बई इण्डियन्सले 2 विकेट गुमाएर 15.3 ओभरमा 199 रन बनाएर म्याचमा विजयी बन्यो। मुम्बई इण्डियन्सको पक्षबाट जस बट्टलरले 37 बलमा 77 रन, पार्थीव पटेलले 18 बलमा 37 रन, नितिश राणाले 34 बलमा 62 रन तथा हार्दिक पाण्ड्याले 4 बलमा 15 रन बनाए।

पहिले ब्याटिङ्ग गर्न पठाइएको किङ्ग्स XI पञ्जाबको पक्षबाट हाशिम आम्लाले अविजीत 60 बलमा 104 रन बनाए।

कोलकाताको इडेन गार्डन स्टेडियममा आज राति 8 बजे केलकाता नाइट राइडर्स र गुजरात लायन्सबीच मुकाबिला हुनेछ।