प्रधान मन्त्री नरेन्द्र मोदीले आज नर्मदा सेवा मिशनको सुरवात गर्नुहुने

प्रधान मन्त्री नरेन्द्र मोदीले आज मध्य प्रदेशमा नर्मदा सेवा मिशनको सुरुवात गर्नुहुनेछ। आफ्नो ट्वीट सन्देशमा श्री मोदीले भन्नुभयो, नर्मदा सेवा यात्रा नर्मदाको संरक्षणका लागि एक श्रेष्ठ जन आन्दोलन हो र यसले पर्यावरणलाई बचाउँने व्यापक सन्देश पनि दिन्छ।

पछिल्लो वर्ष डिसेम्बरमा अमरकन्टकबाट सुरु भएको यो यात्रा भोली समाप्त हुनुभन्दा पहिले एक हजार एक सय भन्दा धेरै गाउँ र बस्तीहरू भएर तीन हजार किलोमीटर भन्दा धेरै दूरी तय गर्नेछ। नर्मदा नदी संरक्षण अभियान पोहोर डिसेम्बरमा सुरु भएको थियो।