भारतको 60 प्रतिशतभन्दा अधिक आबादीको बसोबास आपदा सम्भावित इलाकाहरूमाः गृह मन्त्री राजनाथ सिंह

केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले भारतको 60 प्रतिशतभन्दा अधिक आबादीको बसोबास भूकम्प, बाढी, आँधीबेरी, खडेरी र सुनामी सरहका आपदाहरूको सम्भावना रहेका क्षेत्रहरूमा रहेको बताउनु भएको छ।

सोमबार नयाँ दिल्लामा आपदा सम्बन्धी जोखिम न्यूनकरणको लागि राष्ट्रिय मञ्चको दोस्रो बैठकमा बोल्नुहुँदै गृह मन्त्रीले भन्नुभयो, प्राकृतिक आपदाहरूको सामना गर्ने दिशामा भारतले एउटा मजबुत संस्थागत व्यवस्था कायम गरेको छ र आपदा प्रबन्धन सम्बन्धी नियमहरूको पालन अति महत्त्वपूर्ण छ।

यसै अवसरमा बोल्नुहुँदै गृह राज्य मन्त्री किरिण रिजिजूले भन्नुभयो, भारत आपदाहरूको सर्वाधिक सम्भावना रहेका मुलुकहरू मध्ये एक भएको हुनाले मुलुकले आपदाहरूको लागि तयारी गर्ने कार्यको बेवास्ता गर्न सक्दैन्।