भारतमाथि भू-मण्डलीय साइबर हमलाको खासै प्रभाव पर्न नसकेको सूचना प्रविधि मन्त्री रवि शंकर प्रसादको दावी

सूचना प्रविधि मन्त्री रवि शंकर प्रसादले सोमबार हालैको भू-मण्डलीय साइबर हमलाबाट भारतमाथि खासै प्रभाव पर्न नसकेको दावी गर्नुभयो।

एउटा नीजि टेलिभिजन च्यानेलद्वारा आयोजित कार्यक्रममा बोल्नुहुँदै श्री प्रसादले भन्नुभयो, सरकारले यसै वर्ष मार्च महिनामा निकायहरूलाई प्याच (PATCH) प्रणाली जडान गर्न भनेको थियो।

उहाँले भन्नुभयो, साइबर हमलाबाट भारतमाथि लगभग कुनै प्रभाव पर्न गएको छैन। मन्त्रालयले साइबर सुरक्षा प्रणालीलाई सशक्त पारी राखेको र साइबर समन्वय केन्द्रहरू स्थापित गरिराखेको श्री प्रसादले बताउनु भयो। उहाँले भन्नुभयो, राष्ट्रिय इन्फरमेटिक्स प्रणाली (एन.आई.सी)-ले राम्ररी काम गरिराखेको छ।