नौसेरा क्षेत्रमा पाकिस्तानी सेनाको फेरि गोलीबारी

जम्मू एवम् काश्मीरको राजौरी जिल्लाको नौसेरा सेक्टर स्थित नियन्त्रण रेखामा पाकिस्तानी सेनाले हिजो राती फेरि एकपल्ट सीमान्त चौकीहरू र असैनिक क्षेत्रहरूमाथि गोलाबारी गऱ्यो। गोलाबारी गरिएका क्षेत्रहरूबाट लगभग 1700 मानिसहरूलाई हटाइएको छ।

आधिकारिक सुत्रहरूले बताए अनुसार सुरूमा पाकिस्तानी सेनाले अटोमेटिक राइफलहरूले गोली चलाएको थियो र पछि उसले 120 एम.एम 82 एम.एम मोर्टरहरूको सहारा लिएपछि गाउँवासीहरूमा त्रास फैलिएको थियो।

भारतीय सेनाले पनि यस गोलाबारीको समुचित जबाफ दिएको थियो। यस गोलाबारीमा कोही  पनि हताहत भएको रिपोर्ट छैन।