गृह मन्त्री राजनाथ सिंहले पूर्वोत्तर राज्यहरूमा मौलाइ रहेको धार्मिक कट्टरवादलाई सुरक्षाका लागि गम्भीर खतरा बताउनु भयो

केन्द्रीय गृह मन्त्री राजनाथि सिंहले पूरवोत्तरका राज्यहरूमा मौलाइ राखेको धार्मिक कट्टरवादलाई सुरक्षाको लागि  गम्भीर खतरा बताउनु भएको छ। उहाँले भन्नुभयो, समय रहदैँ यसलाई रोकिएन भने यो आतङ्कवादमा परिवर्तित हुन सक्छ। मंगलबार नयाँ दिल्लीमा पूर्वोत्तर राज्यका मुख्य सचिवहरू र पुलिस महानिर्देशहरूका साथ सुरक्षा स्थितिको समीक्षा गर्दै गृह मन्त्रीले यस किसिमका गतिविधिहरूमा लिप्त मानिसहरू विरूद्ध कार्यवाही गरिनु आवश्यक रहेको बताउनु भयो।

गृह मन्त्रीले क्षेत्रमा हुने अपराधिक मामिलाहरूको तुलनामा सजाय पाउनेहरूको संख्या कम रहेको तथ्यमाथि चिन्ता व्यक्त गर्नुभयो। उहाँले प्रहरी प्रमुखहरूलाई अपराधिक न्याया प्रणालीमाथि मानिसहरूको विश्वास अटूट राख्न प्रति विशेष ध्यान दिन भन्नुभयो।