अन्तर्राष्ट्रिय न्यायलयले कुलभूषण जाधव मामिलामाथि आज फैसला सुनाउने

अन्तर्राष्ट्रिय न्यायलयले कुलभूषण जाधवको मुद्दामा आज फैसला सुनाउने छ। आधिकारीक सुत्रहरूका अनुसार यो फैसला अपराहन् साढे तीन बजे सुनाइने छ।

अन्तर्राष्ट्रिय न्यायालयमा भारत र पाकिस्तानले सोमबार आ-आफ्ना दलीलहरू पेश गरेका थिए। यस दौरान भारतले पाकिस्तानमा श्री जाधव विरूद्ध सुनाईएको मृत्यदण्डको फैसला तत्काल समाप्त गर्ने माग गरेको थियो।

भारतले पाकिस्तानमा कुटनैयकि सम्बन्धहरू माथि भिएना सन्धीको उल्लंघन गरेको अभियोग लगाएको थियो। पाकिस्तानले कुनै ठोस सबुत बिनानै श्री जाधव विरूद्ध अनुचित कारवाही गरेको भारतले बताएको थियो।

भारतका एटर्नी हरीश साल्वेले अन्तर्राष्ट्रिय अदालतलाई के बताउनु भएको थियो भने, पाकिस्तानी सेनाको हिरासतमा श्री जाधवबाट बलजब्ती बयान लिइएको थियो र त्यसैको आधारमा यो फैसला सुनाइएको हो।