आईसीजे-को फैसला पाकिस्तानको न्यायिक प्रणालीको लागि एउटा ठूलो कलङ्क: जेटली

केन्द्रीय वित्त मन्त्री अरूण जेटलीले कुलभूषण जाधव मामिलामा अन्तर्राष्ट्रिय न्यायालयको फैसलाबाट पाकिस्तानको न्यायिक प्रणालीमाथि ठूलो कलङ्क लागेको बताउनु भएकोछ।

दुइ दिने जीएसटी परिषदको बैठको लागि श्रीनगर जानुभएको श्री जेटलीले भन्नुभयो, हेगमा आईसीजे-ले दिएको फैसला भारतको अडानको पक्षमा रहेको प्रमाण हो।

पाकिस्तानी सैन्य अदालतमा जाधव विरूद्ध गरिइएको कानूनी जाँचसम्बन्धमा श्री जेटलीले भन्नुभयो, जनसाधरणको अनुपस्थितिमा साथै गोपनीयता र अन्धकारमा गरिएको कुनै पनि किसिमको कानूनी जाँचबाट कहिल्यै न्याय पाइँदैन। आईसीजे-को यो फैसला आफैमा एक कानूनी नियमको जीत हो भनी उहाँले बताउनुभयो।

आईसीजे-मा अपनाइएको रणनीतिको लागि श्री जेटलीले परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजको प्रशंसा गर्नुभयो अनि वकिल हरिश साल्वेको नाम पनि वेशष रूपले उल्लेख गर्नुभयो।

वरिष्ठ वकिल हरिश साल्वेले भन्नुभयो, आईसीजे-मा पहिलो चरणको जीतबाट कुलभूषण जाधव माथि भारतको पक्ष अझ मजबुत भएको छ।

एक निजी टीभी च्यानलसित कुराकानी गर्दै आईसीजे-मा भारतको प्रतिनिधित्व गर्नुहुने वकिल श्री साल्वेले भन्नुभयो, यस मामिलामा भारतलाई धेरै समर्थन प्राप्त भयो। मुद्दामाथि बहस गर्दा उहाँले सकारात्मक ऊर्जा प्राप्त गरेको महसूस गर्नभयो साथै न्यायाधीशहरूसित एक किसिमको सम्पर्कता स्थापित भएको पनि उहाँले महसूस गर्नुभयो जो पाकिस्तानी पक्षमा देखिएन भनी श्री साल्वेले बताउनुभयो।

श्री साल्वेले भन्नुभयो, दुवै मुलुकद्वारा हस्ताक्षर गरिएको भिएना सम्झौताअनुसार भारतलाई दूतावास सहायता प्रदान गर्नुपर्ने हो भनी आईसीजे-ले सही कुरा बतायो। उहाँले थप भन्नुभयो, वास्तवमा मार्च 2016-मा नै दूतावास सहायता प्रदान गर्नुपर्ने थियो।