प्रधान मन्त्री मोदीले 23 मे-को दिन अफ्रिकी विकास ब्याङ्कको वार्षिक बैठकको उद्घाटन गर्नुहुने

 

प्रधान मन्त्री नरेन्द्र मोदीले यसै महिनाको 23 तारिख अफ्रिकी विकास ब्याङ्कको वार्षिक बैठकको उद्घाटन गर्नुहुनेछ।

नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै आर्थिक मामिलाका सचिव शक्तिकान्त दासले भन्नुभयो, अफ्रिकी विकास ब्याङ्कको इतिहासमा भारतद्वारा यसको बैठकको मेजबानी गरिएको यो पहिलो अवसर हुनेछ।

यो बैठक यसै महिनाको 22 देखि 26 तारिख बीच गुजरातको गान्धीनगरमा हुनेछ।

श्री दासले भन्नुभयो, वार्षिक बैठकहरू यस ब्याङ्कको सबैभन्दा ठूलो कार्यक्रम हुने गर्छन् र यिनीहरूमा विश्वभरका 21 सदस्य मुलुकहरूबाट लगभग 3000 प्रतिनिधिहरू उपस्थिति हुनेछन्। कार्यक्रमको अवधिमा ब्याङ्कको बोर्ड अफ गभर्नर अर्थात् सञ्चालक मण्डलीको बैठक हुनेछ जसमा अफ्रिकी मुलुकहरू समक्ष रहेका विकाससित सम्बन्धित मुख्य चुनौतीहरू र एउटा समावेशिय र दीगो विकास हासिल गर्ने उपायहरूबारे चर्चा गरिने छ।