दुबईमा स्टार्ट अप इण्डिया सम्मेलनको आयोजना

संयुक्त्त अरब अमिरातको दुबईमा दुइ दिने “स्टार्ट अप इण्डिया सम्मेलन”-को आयोजना हुने भएको छ। यो सम्मेलनको आयोजना 2017, मे 23 र 24 तारिख गरिनेछ। आई स्पिरिट नामक थिङ्क ट्याङ्क अर्थात् चिन्तक समुहको साझेदारीमा सीजीआई दुबई तथा अबु धाबीमा भारतको दूतावासले संयुक्त रूपमा यस सम्मेलनको आयोजना गर्दैछ।

संयुक्त्त अरब अमिरात, युएई-मा पहिलोपटक यस किसिमको “स्टार्ट अप सम्मेलन”-को आयोजना गरिइँदैछ। भारत र युएई दुवैबीच स्टार्ट अपको लागि सहयोग बढाउन, विचारहरूको आदान-प्रदान गर्न, शिक्षाविद, निवेशक तथा उद्योगपतिहरूसित अन्तर्क्रिया गर्न अनि युएई-का नयाँ उद्यममा लगानी गर्नेहरूबाट कोष प्राप्त गर्नको लागि एउटा साझा मञ्च प्रदान गर्ने उद्देश्यका साथ यो सम्मेलन गरिँदैछ।

दुबईमा भारतका वाणिज्य दूत श्री विपुलले भन्नुभयो, आर्टिफिसल इन्टिलिजेन्स, वित्तीय प्रौद्योगिकी वा फिन्टेक, डिजि मेडिसिन आदि क्षेत्रका गरेर कुल 17 भारतीय कम्पनीहरूले यस सम्मेलनमा हिस्सा लिनेछन्।

यस अवसरमा युएईमा भारतीय दूत नवदीप सुरीले यो कुरालाई रेखाङ्कित गर्नुभयो कि “स्टार्ट अप इण्डिया” प्रधान मन्त्री नरेन्द्र मोदीको प्रमुख कार्यक्रम हो र भारतीय उद्यमीहरूलाई बढुवा दिनु सरकारको कर्तव्य हो।

यस सम्मेलनले भारत बहुराष्ट्रिय कम्पनीहरूको एउटा कार्यथलो मात्रै हो भन्ने मानिसहरूको धारणालाई परिवर्तित गर्न मद्दत गर्नेछ। भारतीय उद्यमीहरू नयाँ विचार तथा परिवर्तनीय क्षमताहरूका साथ अगाडि आइरहेका छन् भन्ने तथ्यलाई यस सम्मेलनले प्रदर्शित गर्नेछ।