भारतका ‘स्मार्ट सिटी’-हरू विकसित गर्नमा स्वीडेनको चाख

स्वीडेनले भारतमा स्मार्ट सिटी-हरू विकसित गर्नमाथि  गहीरो चाख देखाएको छ। स्वीडेनले विकास गरिराखिएका स्मार्ट सिटीहरूमा दीगो एवं पर्यावरण अनुकुल परिवहन व्यवस्थाको अभिवृद्धिका साथै ठोस अपशिष्ट व्यवस्थापनमा उसको विशेषज्ञता र प्रविधि प्रयोग गर्ने दिशामा एउटा साझा कार्ययोजनाबारे सुझाउ दिएको छ।

स्वीडेनकी युरोपेली मामिला एवं व्यापार मन्त्री एन.लिन्डे-ले बिहिबार नयाँ दिल्लीमा शहरी विकास मन्त्री श्री वेंकैया नायडूलाई भेटेर स्मार्ट सिटी-हरूको विकासमा सहयोगका क्षेत्रहरूबारे विस्तुत विचार विमर्ष गर्नुभयो।

उहाँले भन्नुभयो, स्मार्ट सिटी मिशनले स्वीडेनलाई, उसले भारतसित 2015-मा हस्ताक्षर गरेको समझदारी पत्र ठोस कार्यमा रूपान्तरित गर्ने क्रममा एउटा खास अवसर प्रदान गरेको छ। यस समझदारी पत्रको सम्बन्ध दीगो शहरी विकाससित रहेको छ।

स्मार्ट सिटी मिशनले भरातीय र विदेशी कम्पनीहरूलाई निवेशका प्रचुर अवसरहरू प्रदान गर्ने बताउनु हुँदै श्री नाइडुले भन्नुभयो, छनौट स्मार्ट सिटी-हरू विशेषगरि सार्वजनिक परिवहन र ठोस फोहोरको व्यवस्थापनमा स्वीडेनको प्रविधि प्रयोग गर्न पाउँदा खुशी हुने छन्।