प्रधान मन्त्री नरेन्द्र मोदीले 26 मे-को दिन मुलुकको सबैभन्दा लामो धला-सदिया पुल राष्ट्रलाई समर्पित गर्नुहुने

प्रधान मन्त्री नरेन्द्र मोदीले 26-मे-को दिन उपल्लो असममा ब्रह्मपुत्रमाथि बनिएको धला-सदिया पुल राष्ट्रलाई समर्पित गर्नुहुनेछ।

असमका लोक निर्माण मन्त्री परिमल शुक्ल वैद्यले यस पुलको लम्बाइ 9.16 किलोमीटर रहने र यो मुलुकको सबैभन्दा लामो पुल हुने बताउनु भयो।

उहाँले भन्नुभयो, 1200 कडोर रुपियाँको लागतमा निर्माण गरिएको यस पुलले असम र अरूणाचल प्रदेशका जनता बीचको सम्पर्कतालाई हैंसे प्रदान गर्ने छ

अल इण्डिया रेडियोका संवाददाताले बताए अनुसार यस पुलले त्यस क्षेत्रका मानिसहरूको कष्टमा कमी ल्याउने मात्र हैन अपितु प्रतिरक्षाको दृष्टिबाट एउटा अतिनै महत्त्वपूर्ण आवश्यकता पनि पूरा गर्नेछ।