चिनियाँ, रसायन अलुमिनियम पातामाथि एन्टी डम्पिङ्ग शुल्क लगाइयो

भारतले सस्तो आयातहरूबाट स्वदेशी उद्योगहरूलाई बचाउन औषधी उद्योगमा प्रयोग गरिने रसायन तथा अलुमिनियमका पातामाथि एन्टी डम्पिङ्ग अर्थात् ओइरो विरोधी शुल्क लगाएको छ।

अलुमिनियमका पातामा प्रति किलोग्राम 1.63 डलर ओइरो विरोधी शुल्क लगाइएको छ भने औषधी उद्योगमा प्रयोग गरिने एमोक्सिसिलिन-माथि यो शुल्क प्रति किलो 8.71 डलर रहेको छ।

वित्त मन्त्रालयले एउटा बेग्लै जनाउमा यो शुल्क पाँच वर्षको लागि लागू रहने बताएको छ।