केन्द्रीय पर्यावरण मन्त्री अनिल माधव दवेको निधन

केन्द्रीय पर्यावरण राज्य मन्त्री अनिल माधव दवेको आकस्मिक निधनमाथि राष्ट्रपति प्रणब मुखर्जी, उप-राष्ट्रपति हामिद अन्सारी तथा लोकसभा अध्यक्ष सुमित्रा महाजनले गहिरो दुःख प्रकट गर्नुभयो। उता कंग्रेस अध्यक्ष सोनिया गान्धीले पनि श्री दवेको निधनमा शोक व्यक्त गर्नुभएको छ।

पर्यावरण मन्त्री अनिल माधव दवेको हिजो बिहान अखिल भारतीय अयुर्विज्ञान संस्थानमा निधन भएको थियो। 60 वर्षिय दवेले बिहान बेचैनी अनुभव गरेपछि उहाँलाई अखिल भारतीय आयुर्विज्ञान संस्‍थान-एम्स पुऱ्याइएको थियो जहाँ उहाँले अन्तिम सांस लिनुभयो।

प्रधान मन्त्रीको अध्यक्षतामा भएको एक विशेष बैठकमा श्री दवेको निधनमा गहिरो दुःख प्रकट गर्दै राष्ट्रले एक अनुभवी र वरिष्ठ नेता गुमाएको बताइयो।

मन्त्री मण्डलको बैठकमा सरकार र सम्पूर्ण राष्ट्रको तर्फबाट शोक सन्तप्त परिवार प्रति सम्वेदना व्यक्त गरियो।