आईपीएल: आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सबीच दोस्रो क्वालिफायर म्याच

आईपीएल क्रिकेटको दोस्रो क्वालिफायर म्याच आज बैंगलुरूको चिन्नास्वमी स्टेडियममा मुम्बई इण्डिन्य र कोलकाता नाइट राइडर्सबीच हुनेछ। यस म्याचको विजेता फाइनलमा पुग्नेछ। पहिलो क्वालिफायरमा राइजिङ्ग पुणे सुपरजाइन्ट्सले मुम्बई इण्डियन्सलाई परास्त गरेर फाइनलमा प्रवेश गरेको थियो। फाइनल आइतबार हुनेछ।