ताजा आईसीसी टेस्ट ऱ्याङ्किङ्गमा भारतद्वारा शीर्ष स्थान कायम

ताजा आईसीसी टेस्ट ऱ्याङ्किङ्गमा भारतले आफ्नो शीर्ष स्थान कायम राखेको छ। कुल 123 अङ्कका साथ अङ्क तालिकामा भारत दोस्रो-स्थानप्राप्त दक्षिण अफ्रीकाभन्दा 6 अङ्कले अगाडि रहेको छ।

ताजा ऱ्याङ्किङ्गमा भारतले 1 अङ्क मात्रै हासिल गऱ्यो भने दक्षिण अफ्रीकाले 109 अङ्कबाट 117 अङ्कमा छलाङ्ग मारेको छ। तेस्रो-स्थानप्राप्त अस्ट्रेलिया र भारतबीच 23 अङ्कको भिन्नता रहेको छ।

क्रमैसित इङ्गल्याण्ड चौथो, न्युजिल्याण्ड पाँचौँ, पाकिस्तान छैठौँ, श्रीलङ्का सातौँ तथा बाङ्गलादेश नौऔँ स्थानमा रहेको छ।