ईरानमा आज 12औँ राष्ट्रपतिको निर्वाचन निम्ति मतदान

ईरानमा आज 12औँ राष्ट्रपतीय चुनावको लागि मतदान भइरहेछ। चार उम्मेदवारहरूले यस निर्वाचनमा हिस्सा लिइरहेका छन्। मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति हसन रूहानी र इब्राहिम रैसी बीच हुनेछ।

राष्ट्रपतीय चुनावको साथ-साथै इस्लामिक शहर एवं ग्राम परिषदका स्थानीय निकायका चुनावहरू र केही विधानसभा क्षेत्रहरूको लागि मध्यावधि संसदीय चुनावहरू पनि सम्पन्न हुनेछ। शान्तिपूर्ण मतदानका लागि कडा सुरक्षा व्यवस्था गरिएको छ भनी आन्तरिक मामिला मन्त्रालयले बताएको छ।