गलत जानकारी दिएकोमा युरोपेली संघद्वारा फेसबुकमाथि जरिमाना

गलत जानकारी दिएकोमा युरोपेली संघले फेसबुकलाई 12 करोड युएस डलरको जरिमाना लगाएको छ।

यस मामिलाको सम्बन्धमा युरोपेली संघले दिएको जानकारीअनुसार, फेसबुकले व्हाट्सएप अनि फेसबुक जस्तै अन्य कुनै पनि किसिमका मञ्चमा प्रयोगकर्ताहरूका फेसबुक अकाउन्टहरू स्वत:नै मेल खाँदैन भनेको थियो तर दुइ वर्षपछि ठीक यसको विपरित भएको छ।

युरोपेली प्रतिस्पर्धासम्बन्धी नियमहरूको अनुपालन सबै कम्पनीहरूले गर्नुपर्दछ भन्ने एक स्पष्ट सन्देश दिनको लागि युरोपेली आयोगले यस प्रौद्योगिकी कम्पनीमाथि आनुपातिक जरिमाना लगाएको हो।