नेपालको संविधान सभाको सत्रावसान

नेपालको संविधान सभाकी सभामुख ओन्सरी घर्तिले बिहीबार सदनमा घोषणा गर्नुभए अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सभाको वर्तमान सत्रको अवसान गर्नुभएको छ।

नेपालको संसदीय इतिहासमा यो सर्वाधिक लामो सत्र रह्यो। यो सत्र पोहोर मे महिनाको 3 तारिख सुरु भएको थियो।

आफ्नो सम्बोधनमा सभामुखले भन्नुभयो, नयाँ संविधान लागू गरेको हिसाबले यो सत्र महत्त्वपूर्ण साबित भयो। उहाँले सरकार, निर्वाचन आयोग, राजनैतिक पार्टीहरू र नेपालका जनतालाई स्थानीय तहका लागि प्रथम चरणको चुनाउ सफलतापूर्वक सम्पन्न भएकोमा आफ्नो आभार व्यक्त गर्नुभयो।

सभामुखले सरकार र राजनैतिक पार्टीहरूलाई स्थानीय तहको चुनावको दोस्रो चरणका लागि उपयुक्त वातावरण सिर्जना गर्ने आह्वान पनि गर्नुभयो।