आईसीजे-को आदेशले भारतको अडानलाई सही साबित गऱ्यो

आले: डा. अशोक बेहुरिया, संयोजक, दक्षिण एशिया सेन्टर, आई डी एस ए

 भारतको अडानलाई न्यायसंगत सिद्ध गर्दै अन्तर्राष्ट्रिय अदालत, आईसीजे-ले अदालतको अन्तिम फैसला नआएसम्म पाकिस्तानलाई कुलभूषण जाधवको मृत्युदण्डमाथि रोक लगाउने आदेश दिएको छ। यो आदेश सर्वसम्मतिद्वारा दिइएको छ र पाकिस्तानलाई आदेश लागू गर्नका लागि गरिने उपायहरूबारे अदालतलाई सूचित गर्न भनिएको छ। गत साता भारतले अन्तर्राष्ट्रिय अदालतमा याचिका दायर गरेको थियो र यो वर्ष अप्रिल 10 तारिख पाकिस्तानको सैन्य अदालतद्वारा मृत्युदण्डको सजाय सुनाइएको जाधवको मुद्दामा सुनुवाईका लागि पाकिस्तान विरूद्ध प्रक्रियाहरू सुरु गरिएको थियो।

भारतले पाकिस्तानमथिलाजमर्दो अवज्ञाकुटनयिक सम्बन्धमा भिएना सन्धिको कडा उल्लंघनभएको आरोप लगाएको छ। जाधवलाई हिरासतमा लिइएकोबारे औपचारिक सूचना दिन, कुटनयिक पहुँचको व्यवस्था गर्न र सन्धि अनुरूप वाणिज्य दूतावास कार्यालयसित सम्पर्क गर्न सक्ने अधिकार आरोपीसित भएको बारे भारतलाई सूचित गर्न पाकिस्तान वाध्य थियो। वास्तवमा जाधवलाई हिरासतमा लिइएको खबर पाकिस्तानी मीडियामा दिइएको 22 दिनपछि भारतलाई सूचित गरिएको थियो र भारतले तत्काल कुटनयिक पहुँचको माग गरेको थियो। भारतले अन्तर्राष्ट्रिय अदालतमा याचिका दायर गर्नुभन्दा पहिले पहुँचका लागि 13 पटक असफल प्रयास गरेको थियो।

 अदालती कार्यवाहीलाई अगाडि सार्दै भारतले अन्तरिम उपायहरूको संकेत-का लागि पनि निवेदन गरेको थियो जसमा जाधवलाई मृत्युदण्डको सजाय दिइयो भने भारतद्वारा गरिएका अधिकारहरूको दाबीप्रति अपूरणीय क्षति हुनेछ भनिएको थियो। पाकिस्तानले भारतप्रतिका दायित्वहरू विरुद्ध एक भारतीय नागरिकलाई फाँसी दिइने खतराको अत्यन्तै गम्भीर एवम् तात्कालिकता”-लाई मध्यनजर राख्दै भारतले मौखिक सुनुवाईको प्रतीक्षा नगरिकनअदालतलको विधानको अनुच्छेद 41 बमोजिम तत्काल अन्तरिम उपायको सङ्केत दिँदैआदेश दिन अन्तर्राष्ट्रिय अदालतसित आग्रह गरेको थियो।

 भारतले जोडदार ढङ्गले के तर्क राखेको थियो भने पाकिस्तानले भिएना सन्धिको उल्लङ्घन गरेर भारतलाई सन्धि अन्तर्गतको आफ्ना अधिकारहरूको प्रयोग गर्नबाट रोकेको थियोर जाधवलाई सन्धि अन्तर्गत प्राप्त संरक्षणबाट वञ्चित गरेको थियो, र यो मुद्दाको अन्तर्राष्ट्रिय अदालतद्वारा यसका गुणदोषको आधारमा फैसला नगरिएसम्म जाधवलाई फाँसी नदिइयोस् भन्ने सुनिश्चित गर्नका लागि सबै आवश्यक उपायहरू गर्न पाकिस्तानलाई निर्देश नदिइएको खण्डमा जाधवलाई फाँसी दिइनेछ भन्ने डर व्यक्त गरेको थियो।

 सर्वसम्मतिको आफ्नो आदेशमा अदालतले यस मुद्दाको औचित्यको जाँच गरेपछि अन्तरिम उपायहरूसम्बन्धी भारतीय विचारहरूलाई सदर गऱ्यो। एक अपूरणीय पूर्वाग्रह र तात्कालिकताको खतरारहेको भारतको अडानलाई अदालतले स्वीकार गऱ्यो किनकि जाधवलाई मृत्युदण्डको सजाय सुनाईसकिएको थियो र कुनैपनि समय उनलाई फाँसी हुनेथियो।

 आईसीजे-का अध्यक्ष रोनी अब्राहमले अन्तरिम फैसला पढेर सुनाउनुभयो जसमा जाधवलाई सजाय सुनाइएको 150 दिनभित्र फाँसी दिइनेछैन भन्ने पाकिस्तानको साङ्केतिक व्यक्तव्यलाई ध्यानमा राखिएको थियो, र त्यसमा के भनिएको छ भने यसमा चाँडो गरिनुपर्ने आवश्यकता थियो किनकि  अदालतले आफ्नो अन्तिम फैसला नदिएसम्म जाधवलाई फाँसी दिइनेछैन भन्ने कुनै आश्वासन पाकिस्तानद्वारा दिइएको थिएन।

 यसभन्दा पहिले अदालतले निर्णय दियो कि यो मुद्दामाथि सुनुवाईको उसित प्रथम दृष्टया अधिकार छ किनकि जाधवलाई भारतको कुटनयिक सहयोगको सम्बन्धमा पक्षहरूबीच भिन्न दृष्टिकोण थिए। यसैले अनुच्छेद 1 अनुसार भिएना सन्धिको व्याख्या वा प्रयोग”-ले विवाद उत्पन्न भएको थियो जो अदातलको क्षेत्राधिकारमा थियो।

 अदालतले भारतको त्यो आरोपलाई पनि स्वीकार्य ठहर गऱ्यो जसमा पाकिस्तानले भिएना सन्धिको अनुच्छेद 36(1) –को उल्लंघन गरेको र कुटनयिक दायित्वहरू पूरा गर्ने आफ्ना अधिकारहरू प्रयोग गर्ने अनुमति भारतलाई नदिइएको भनिएको थियो। अदालतअनुसार भारतद्वारा दाबी गरिएका अधिकारहरू र ती अधिकारहरू सुनिश्चित गर्नका लागि अन्तरिम उपायहरू बीच एक कडी विद्यमान छ।

 भारतबारे पाकिस्तानी सेनाको मानसिक उन्माद र आफ्नो स्थानीय मीडियामा भारतलाई एक कट्टर शत्रु बताउने हालको प्रवृत्तिलाई हेर्दा पाकिस्तानले निर्धारित 40 दिनभित्र जो मे 19 तारिख समाप्त हुँदैछ जाधवको अपीलबारे समीक्षा गर्नेछ वा त जाधवप्रतिको आफ्नो अडानलाई नरम पार्नेछ भन्ने कुरा असम्भव देखिएको छ। पाकिस्तानले यस आदेशको सम्मान नगर्न पनि सक्छ र समीक्षा गर्ने देखावटी न्यायिक प्रक्रियाका साथ अगाडि बढनेछ र कुलभूषणलाई आफ्नै तरीकाले न्याय दिलाउनमा आफ्नो ईमान्दारिताबारे अन्तर्राष्ट्रिय समुदायलाई दिग्भ्रमित पार्न जारी राख्नेछ।

 जेहोस, पाकिस्तानले कमसेकम अन्तर्राष्ट्रिय अदातलको आदेशको पालना गर्नेछ र यो मामिला अदातलमा रहुञ्जेलसम्म जाधवको फाँसी स्थगित गर्नेछ, अनि यसरी उनका परिवार र सहानुभूति राख्नेहरूलाई केही राहत दिनेछ भन्ने आशा गारिन्छ।