राष्ट्रपतिद्वारा बंगालमा सत्य भारती स्कुलको उद्धाटन

राष्ट्रपति प्रणब मुखर्जीले शुक्रबार पश्चिम बंगालको कानीदिघीमा खास गरी समाजको कमजोड वर्गका केटीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहितको सत्य भारती स्कुलको उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै राष्ट्रपतिले स्थानीय बच्चाहरूका आवश्यकता पूरा गर्नका लागि ग्रामीण क्षेत्रमा यस्तो स्कुल खोलेकोमा सत्य भारती फाउन्डेसनको प्रशंसा गर्नुभयो।

उहाँले यी स्कुलहरूमा भर्ना पाउने चाहना राखेका विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउनेछन् भन्नुभयो। मुलुकभरि सत्य भारतीका कैयौं स्कुलहरू छन्।