रेल मन्त्रीद्वारा देशको पहिलो सौर चालित डेमु रेल राष्ट्रको नाममा समर्पित

रेल मन्त्री सुरेश प्रभुले शुक्रबारको दिन नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा देशको पहिलो सौर –चालित डेमु रेल राष्ट्रको नाममा समर्पित गर्नुभयो। सौर-चालित कोच भएका 1600 हर्स पावरको यो रेलगाडीमा रातको समयमा प्रयोग गर्नका लागि विशेष किसिमको ब्याट्री पनि जडान गरिएको छ।

यो रेलगाडी दिल्लीको सराय रोहिल्लाबाट हरियाणाको फर्रूख नगरसम्म चल्ने छ। सो अवसरमा बोल्दै श्री प्रभुले भारतीय रेललाई अझ हरित अवस्थामा लैजाने र थप पर्यावर्ण मैत्री बनाउने जमर्कोमा यो एक ठूलो उपलब्धि हो भन्नुभयो। उहाँले यो रेलगाडीले 21-हजार लिटर डिजल बचत गरेर वर्षेनी 12 लाख रूपियाँको लागत जोगाउने बताउनुभयो।