जम्मू कश्मीर सरकारद्वारा अमरनाथ आतङ्की हमलाको सम्बन्धमा जाँच गर्न एस. आइ. टि. गठित

जम्मू कश्मीर सरकारले गत सोमबार राज्यको अनन्तनागमा अमरनाथ यात्रीहरूमाथि भएको आतङ्की हमलाको जाँच गर्न विशेष जाँच दल (एस. आइ. टि.) गठन गरेको छ। उक्त हमलामा 19 तीर्थयात्रीहरूको मृत्युभएको थियो।

दक्षिणी कश्मीरका डेपुटी इन्स्पेक्टर जनरलको अगुवाइमा गठित यो टोलीमा 6 सदस्यहरू छन्। यसमा अनन्तनागका डेपुटी एस. पि. ऱ्यांकका अधिकारी अन्य अधिकारीहरूलाई पनि जाँचमा सघाउ पुऱ्याउन सामेल गरिएको छ।