आज भाजपा-को संसदीय दलको  बैठक चलिरहेछ; उपराष्ट्रपति पदको उम्मेदवार सम्बन्धमा चर्चा हुने

आज भाजपा संसदीय दलको बैठक नयाँ दिल्लीमा बसिरहेछ। बैठकमा उपराष्ट्पति पदको नामाङ्कन सम्बन्धमा चर्चा हुने बुझिएको छ। विपक्षले पहिलेबाटै यस पदको लागि पश्चिम बङ्गालका भूतपूर्व राज्यपाल गोपाल गान्धीको नामको घोषणा गरिसकेको छ। उपराष्ट्रपति पदको लागि नामाङ्कन भर्ने अन्तिम दिन मङ्गलबार हो। नामाङ्कन पत्रको जाँच भोलीपल्ट गरिन्छ अनि नामाङ्कन फिर्ता 21 जुलाईको दिन गर्न सकिन्छ। मतदान 15 अगष्टको दिन हुनेछ अनि मतगणना सोही दिन गरिनेछ।