चीनसितको गतिरोध सम्बन्धमा भारतको अडानप्रति सबै राजनैतिक दलहरुद्वारा समर्थन

चीनसितको वर्तमान गतिरोध सम्बन्धमा भारतको अडानप्रति सबै राजनैतिक दलहरूले दह्रिलो समर्थन व्यक्त गरेका छन् अनि राष्ट्रिय एकताको आवश्यकतामाथि बल दिएका छन्।

सोमबारको दिन सुरु हुने मनसुन सत्रभन्दा पहिले नयाँ दिल्लीमा एक बैठकमा मोदी मन्त्रीमण्डलका वरिष्ठ सदस्यहरूले राजनैतिक पार्टीहरुलाई चीन र कश्मीर सम्बन्धमा अवगत गराउनु भएपछि परराष्ट्र मन्त्रालयका प्रबक्ता गोपाल वाग्लेले यो कुरा बताउनु भएको हो।