आतङ्कवादीहरु विरुद्ध सेनाले कठोर कार्यवाही जारी राख्नेछ: लेफ्टिनेन्ट जनरल. जे.एस. साधु

कश्मीरमा सैन्य कमाण्डर लेफ्टिनेन्ट जनरल जे. एस. साधुले बताउनु भएअनुसार, सेनाले आतङ्कवादी र अमरनाथ यात्रीहरूमाथि हमला गर्नेहरु विरुद्ध कठोर कार्यवाही जारी राख्नेछ। शुक्रबारको दिन श्रीनगरमा सेनाका नयाँ रङरुटहरूका दीक्षान्त  समारोहको अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै श्रीनगर स्थित 15 कोरका जनरल अफिसर कमाण्डिङ लेफ्टिनेन्ट जनरल साधुले उपत्यकामा स्थितिमा सुधार आउने आशा व्यक्त गर्नु भयो।

एक प्रश्नको उत्तर दिँदै उहाँले, उग्रवादी गुटमा सामेल हुन भनि उत्तर कश्मीरको बारामुल्लादेखि हतियारसहित आफ्नो युनिटदेखि भागेर जाने कश्मिरी सेनाको जवान जहुर अहमद ठाकुरबारे कुनै ठोस जानकारी नभएको बताउनुभयो।