असम सरकारद्वारा राहत कार्यमा तीव्रता

बाढीले प्रभावित असममा स्थिति सामान्य भइरहेको छ अनि उता सरकारले राहत कार्य तीव्र पारेको छ।

गुवाहाटीमा पत्रकारहरुसित कुराकानी गर्दै, स्वास्थ्य तथा वित्त मन्त्री हिमन्त विश्व शर्माले केन्द्रीय स्वास्थ्य मन्त्रालयलको तर्फबाट शुक्रबारको दिन एक अर्ब रुपियाँको स्वीकृति दिइएको जनाउनुभएको छ।

श्री शर्माले राहत कार्यको लागि कोषको कुनै कमी नभएको बताउनु भयो। बाढी प्रभावित स्थानहरुका विद्यार्थीहरुका लागि पुस्तकहरूका प्रकाशन फेरि गरिने बताउनु भयो। अहिलेको बाढीले गर्दा राज्यमा 29 जिल्लाहरुका करीब 4 हजार गाउँहरु प्रभावित हुन पुगेको श्री शर्माले बताउनु भयो।