घनघोर वर्षाले गुजरातको धेरै भाग प्रभावित; 3 व्यक्ति मारिए

गुजरातमा घनघोर वर्षाले गर्दा सौराष्ट्र क्षेत्रका धेरै भागहरूमा सामान्य जनजवीन अस्तव्यस्त भएको छ। मोर्बी, राजकोट, सुरेन्द्रनगर र बनस्कन्थ जस्ता ठाउँहरु सबैभन्दा नराम्रो गरी प्रभावित भएका छन्। तीन व्यक्तिहरूले ज्यान गुमाएका छन् भने सैयौं मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। राहत तथा उद्धार कार्यमा राज्यको प्रशासनलाई वायु सेना र नेशनल डिजास्टर रेस्पन्स फोर्सले सहायता पुऱ्याइरहेको छ।

स्थितिको समीक्षा गर्न मुख्य मन्त्री विजय रुपानीले एक आपात बैठक बोलाउनु भएको छ।