पाकिस्तानी सेना प्रमुखद्वारा जाधव विरुद्ध प्रमाणहरूको विश्लेषण गरिँदै

 

पाकिस्तान सेना प्रमुख जनरल कमर जावेद बाजवाले भारतीय नागरिक कुलभूषण जाधव विरुद्ध प्रमाणहरूको विश्लेषण गर्दै हुनुहुन्छ जसलाई सैन्य अदालतद्वारा मृत्युदण्डको फैसला सुनाइएको थियो, र गुणदोषको हिसाबले उनको अपीलमाथि निर्णय गर्नुहुनेछ। यो कुरा हिजो सेनाले इस्लामाबादमा भनेको हो। जाधवले गत महिना जनरल बाजवासमक्ष दया-याचिका दर्ता गरेका थिए।

जाधवलाई गएको एप्रिल महिनामा पाकिस्तानी सैन्य अदालतद्वारा कथित रूपमा जासुसी र आतङ्की गतिविधिहरू गरेबापत मृत्युदण्डको सजाय सुनाइएको थियो। मई महिनामा हेग स्थित अन्तर्राष्ट्रिय अदालतले भारतको अपीलमा जाधवको मृत्युदण्डको सजायमाथि रोक लगाएको थियो।