राष्ट्रपति पदका लागि चुनाव आज संसद भवन र राज्य विधानसभाहरूमा एकसाथ

 

भारतका भावी राष्ट्रपतिको चुनावका लागि आज मतदान हुँदैछ। यो शीर्ष संवैधानिक पदका लागि एनडीए उम्मेदवार रामनाथ कोविंद र विपक्षी उम्मेदवार मीरा कुमारबीच सोझो प्रतिस्पर्धा हुँदैछ।

मतगणना बिहीबार हुनेछ। वर्तमान राष्ट्रपति श्री प्रणब मुखर्जीको कार्यकाल यसै महिनाको 24 तारिख सकिँदैछ। संसद भवन र राज्य विधानसभाहरूमा मतदानका लागि विशेष प्रबन्धहरू गरिएका छन्।

जम्मा भोटका 50त प्रतिशतभन्दा कम्तिमा एक भोट धेरै पाउने उम्मेदबार राष्ट्रपति निर्वाचित हुनुहुनेछ।