बेपत्ता भारतीयहरू सम्भवतः इराकको बदुश जेलमा छन्: सुषमा स्वराज

भारतकी परराष्ट्र मन्त्री सुषमा स्वराज र परराष्ट्र राज्य मन्त्रीहरू एम.जे. अकबर तथा वी.के. सिंहले आइतबार ती 39 जना भारतीयहरूका परिवारजनसित भेट गर्नुभयो जो सन् 2014-देखि इराकमा बेपत्ता छन्। बेपत्ता व्यक्तिहरूको बारेमा बोल्दै श्रीमती स्वराजले भन्नुभयो, इराकमा सुत्रहरूले श्री वी.के. सिंहलाई बताएअनुसार बेपत्ता भारतीयहरू सम्भवतः बदुश जेलमा छन् जहाँ अद्यावधि लडाईँ चलिरहेको छ।

बेपत्ता भारतीयहरूको बारेमा जानकारी हासिल गर्नका लागि श्री सिंह इराक जानुभएको केही दिनपछि सो बैठक आयोजित गरिएको थियो। श्रीमती स्वराजले भन्नुभयो, इराकका प्रधान मन्त्रीद्वारा मोसुललाई आईएसआईएस-को कब्जाबाट मुक्त गरिएको घोषणा गरिएको दिनमा नै उहाँले श्री सिंहलाई एरबिल जानका लागि भन्नुभएको थियो। ती बेपत्ता भारतीयहरूलाई सन् 2014-को जून महिनामा इस्लामिक स्टेट आतङ्कीहरूद्वारा अपरहण गरिएको विश्वास गरिन्छ।