बस खाल्डोमा खस्नाले 16 अमरनाथ तिर्थालुहरूको मृत्यु; प्रधान मन्त्रीद्वारा शोक व्यक्त

 

जम्मू एवम् कश्मीरको रामबन जिल्ला अन्तर्गत जम्मू श्रीनगर राष्ट्रिय राजमार्गमा आइतबार अमरनाथ तिर्थालुहरू यात्रामा रहेको बस सडकबाट चिप्लेर खाल्डोमा खस्नाले 18 जना तिर्थालुहरूको मृत्यु भएको छ भने अन्य 19-जना घाइते भएका छन्।

प्रहरीका एकजना वरिष्ठ प्रवक्ताले भनेअनुसार 19 जना घाइतेलाई विशिष्ट उपचार निम्ति हवाई मार्गबाट ल्याइएको छ जबकि अन्य 8 जनालाई मामुली चोटपटक लागेको छ।

सुरक्षा अधिकृतहरूअनुसार यात्रीहरूलाई लिएर सो बस अमरनाथ गुफा जानका लागि श्रीनगरतर्फ गइरहेको बेलामा राजमार्गमा बनिहाल प्रहरी थाना अन्तर्गत नाचिलाना सैन्य शिविर नजिक टायर फाट्नाले दुर्घटना भएको हो।

प्रधान मन्त्री नरेन्द्र मोदीले अमरनाथ तिर्थालुहरूको जम्मू एवम् कश्मीरमा दुर्घटनामा परेर ज्यान गएकोमा शोक व्यक्त गर्नुभएको छ। एक ट्वीटमा श्री मोदीले भन्नुभएको छ, उहाँका समबेदनाहरू पीडित परिवारहरूसित छ। उहाँले बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना पनि गर्नुभएको छ।

श्री मोदीले यो बस दुर्घटनामा मृत्यु भएका निकट परिवारजनलाई दुइलाख रुपियाँको अनुग्रह राशिको घोषणा गर्नुभएको छ। गम्भीर रूपले घाइते भएकाहरूलाई पनि 50 हजार रुपियाँ अनुग्रह राशिको उहाँले घोषणा गर्नुभएको छ।

गृह मन्त्री राजनाथसिंहले पनि बस दुर्घटनामा अमरनाथ तिर्थालुहरूको मृत्युमाथि शोक व्यक्त गर्नुभएको छ। एक ट्वीटमा श्री सिंहले भन्नुभएको छ, बस दुर्घटनामा आफ्ना प्रियजनलाई गुमाएका परिवारहरूसित उहाँका समवेदनाहरू छन्।

मुख्य मन्त्री मेहबूबा मुफ्तीले 16 जना अमरनाथ तिर्थालुहरूको बस दुर्घटनामा भएको दुःखद मृत्युमाथि शोक व्यक्त गर्दै शोक-संतप्त परिवारहरूप्रति आफ्नो हार्दिक समवेदना प्रकट गर्नुभएको छ। मुख्य मन्त्रीले जम्मूका खण्ड आयुक्तलाई पीडितहरूका निकट परिवारजनको पक्षमा अनुग्रह राशि जारी गर्ने र मृतक तिर्थालुहरूका शवलाई तुरुन्तै उनीहरूका घर पठाउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। यसैबीच, शीर्ष पृथकतावादी नेता सैयद अली गिलानीले पनि अमरनाथ तिर्थालुहरूको मृत्युमाथि दुःख प्रकट  गरेका छन् र पीडित परिवारहरूप्रति आफ्नो ऐक्यबद्धता समेत व्यक्त गरेका छन्।