भारतीय जनता पार्टीले आज उपराष्ट्रपतिको उम्मेदवार घोषणा गर्ने

भारतीय जनता पार्टी, भाजपा-ले आज उपराष्ट्रपतिको उम्मेदवारको घोषणा गर्नेछ। पार्टीको संसदीय बोर्डको आज साँझ नयाँ दिल्लीमा हुने बैठकमा यसबारे निर्णय गर्नेछ। विपक्षले यस पदका लागि पश्चिम बंगालका पूर्व राज्यपाल गोपाल कृष्ण गान्धीको नामको घोषणा गरिसकेको छ।

उपराष्ट्रपति पदका लागि नामाङ्कन दर्ता गर्ने भोली अन्तिम दिन हो। बुधबार नामाङ्कन पत्रको जाँच गरिनेछ र यो महिनाको 21 तारिख फिर्ता गर्ने अन्तिम दिन हो। आगामी महिना 5 तारिख मतदान हुनेछ र सोही दिन गणना हुनेछ।

निवर्तमान उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीको कार्यकाल यो वर्ष अगस्ट 10 तारिख समाप्त हुँदैछ।