गुजरातमा भीषण वर्षा र बाढीमा परी 15 जनाको मृत्यु

गुजरातमा गत तीन दिनदेखि जारी भीषण वर्षा र बाढीमा कम्तिमा 15 जनाको मृत्यु भएको छ। जामनगर जिल्लाको जोदिया गाउँमा बाढीमा फसेका 20 भन्दा धेरै मानिसहरूको उद्धार गरिएको छ। राष्ट्रिय आपदा राहत बलले गत तीन दिनमा 405 मानिसहरूको उद्धार गरिसकेको छ।

होचाँ इलाकामा बस्ने बाढी प्रभावित मानिसहरूका लागि भोजन, खाने पानी र औषधीहरू वितरण गरिएको छ। सौराष्ट्र क्षेत्रमा नदी र बाँधहरूमा पानी भरिएकोले मानिसहरूलाई सतर्क रहन भनिएको छ।

यसैबीच, कच्छ जिल्लाका केही भागहरूमा गत 24 घण्टादेखि लगातार मुसलधारे वर्षा भइरहेको छ। तथापि राज्य अन्य धेरै भागहरूमा वर्षा रोकिएको छ।