न्यायाधीश गोपाल प्रसाद पराजुली नेपालका नयाँ प्रधान न्यायाधीश बन्नुहुने

नेपालमा न्यायाधीश गोपाल प्रसाद पराजुली अब प्रधान न्यायाधीश बन्नुहुनेछ। संसदको विशेष सुनुवाइ समितिले हिजो न्यायाधीश पराजुलीलाई सर्वोच्च न्यायालयका प्रधान न्यायाधीशको पदका लागि सर्वसम्मतिले स्वीकृति दियो। अब राष्ट्रपतिले उहाँलाई प्रधान न्यायाधीशको रूपमा नियुक्त गर्नुहुनेछ। उहाँ अप्रेल 28 तारीख 2018 सम्म यस पदमा रहनुहुनेछ।

संवैधानिक परिषदले जुन 29 तारिख संसदको विशेष समितिलाई सुनुवाइका लागि न्यायाधीश पराजुलीको नामको सिफारिश गरेको थियो। उहाँ विरूद्ध कुनै गुनासो प्राप्त भएन। 6 जुन 2017-मा प्रधान न्यायाधीश सुशीला कार्कीले अवकाश लिनुभएपछि श्री पराजुलीले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा कार्य गरिरहनुभएको थियो।