कतर र अरब मुलुकहरूबीचको गतिरोध समाप्त गर्न अन्तर्राष्ट्रिय निगरानीको खाँचो छः यूएई

संयुक्त अरब इमिरेट्सका एकजना वरिष्ठ अधिकारीले कतर र अरब मुलुकहरूबीचको गतिरोध समाप्त गर्न अन्तर्राष्ट्रिय निगरानीको खाँचो रहेको बताएका छन्। उनको विचारमा दोहामाथिको दबावले काम गरिरहेको छ। सऊदी अरब, संयुक्त अरब इमिरेट्स, बहरीन र इजिप्टले गत महिना 5 तारीखदेखि कतरमाथि प्रतिबन्ध जारी राखेका छन्। इरान लगायत अन्य आतङ्की गुटहरूलाई वित्तीय सहयोग दिएको आरोपमा कतरमाथि प्रतिबन्ध लगाइएको हो।

कतरले भने यो आरोपको खण्डन गरेको छ। हालै मात्र कतरले अमेरिकाका साथ आतङ्कवादको सामना गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको थियो।