यमनमा अल-कायदा हमलामा पाँच सैनिकहरू मारिएको सेनाको दाबी

यमनमा अल-कायदा गुटका आतङ्कीहरूले गरेको गोली प्रहारमा यमनका पाँच सैनिकहरू मारिनुका साथै अन्य तीनजना घाइते भएका छन्। सेनाको एक चौकीमा शंङ्कास्पद अल कायदा आतङ्कीहरूले गोली प्रहार गरेको सेनाको दाबी छ।

सैन्य सुत्रले जानकारी दिएअनुसार गोली प्रहारको घटना शबवा प्रान्तमा भएको हो। अमेरिकाले अरब प्रायद्वीपमा यमनको शक्तिशाली अलकायदा गुटलाई विश्व कै सबैभन्दा खतरनाक आतङ्की सञ्जाल ठहर गर्दछ। गत महिना अमेरिकाले गरेको हवाई हमलामा अलकायदा आतङ्की अबु खत्ताब अल-अलाकी मारिएको थियो।