रोजर फेडरर बने आठौँ पटक विम्बलडन टेनिसका च्याम्पियन

स्विटजरल्याण्डका रोजर फेडररले विम्बलडन टेनिसको पुरूष सिगङ्ल्स टाइटल जितेका छन्। लण्डनमा हिजो भएको फाइनलमा 35 वर्षिय फेडररले क्रोएशियाका मारिन चिलिचलाई 6-3, 6-1 र 6-4-ले पराजित गरे। विम्बलडनमा फेडररको यो रेकर्ड आठौँ उपाधि हो। 2003 मा उनी पहिलोपटक च्याम्पियन बनेका थिए। उनी आधुनिक युगको सबैभन्दा धेरै उमेरका विम्बलडन विजेता बनेका छन्। यस अधि आर्थर आशेले 1976 मा 32 वर्षको उमेरमा यो उपाधि जितेका थिए।